प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोनमा कुराकानी

Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको र थप जानकारी परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताए । भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण ३१, शनिबार ०९:०३
Spread the loveहेटौंडा । मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना पुरुष र ३ जना महिला गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । चौलागाईका […]

समाचार छुट्याे की?