काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको र थप जानकारी परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताए । भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो ।