राष्ट्रपतिमा ट्रम्पको उम्मेदवारीलाई मनोनयन

Spread the love

रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ । यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्रेटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी हुने भएका छन् ।

ह्वाइट हाउसमा भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीबाट उम्मेदवार जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाए । एक घण्टाभन्दा बढी समय सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी गरे ।

कोरानाभाइरसको संक्रमणबाट अमेरिकामा मात्र एक लाख ८० हजारभन्दा बढीको मृत्यु भए पनि राष्ट्रपति ट्रम्पले आफूले चालेका सकारात्मक कदमका कारण अझ ठूलो क्षति हुन नपाएको बताए ।

अमेरिकाले अहिले अभूतपूर्व जातीय आन्दोलन, आर्थिक मन्दी र राष्ट्रिय स्वास्थ्य आपतकाल परिस्थितिको सामना गरिरहे पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको भविष्य निकै उत्साहप्रद रहेको जिकिर गरेका थिए । तर यो उत्साहलाई कार्यरुपमा परिणत गर्न आफूले पुनः चार वर्षका लागि विजयी हुनैपर्ने उनले बताए ।

उनले पूर्व उपराष्ट्रपति जो बाइडेनले विगत ४७ वर्षमा राष्ट्रलाई पुर्याएका क्षतिलाई उल्ट्याउन आफूलाई चार वर्ष लागेको पनि बताए । जो बाइडेनले विगतमा सिनेटर र पूर्व उपराष्ट्रपतिका रुपमा सार्वजनिक सेवा गरेका छन् । राष्ट्रपति ट्रम्पले जो बाइडेनलाई जिताउन चीनले समर्थन गरेको समेत बताए ।

अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण चुनावी कार्यक्रमहरु भर्चुअल बैठक, छलफल र टेलिभिजन सम्बोधनमा सीमित रहेपनि राष्ट्रपतिका दुबै आकाँक्षीले आगामी सातादेखि चुनावी प्रचारलाई तिब्र बनाउने जनाएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तरकारी खरिद बिक्रीमा बिल जारी नगर्दा मूल्यमा ठगी

२०७७ भाद्र १३, शनिबार ०५:२०
Spread the loveकाठमाडौं । खरिद बिक्री बिल जारी नहुँदा तरकारीको मूल्य मनपरी भएको र उपभोक्ता ठगिएका छन् । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले शनिवार बिहान बल्खु तरकारी बजारको अनुगमन पछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ । अनुगमनपछि कृषि […]