• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप १,१५४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

ByHT

Sep 21, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११५४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा थप ६२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १३ पुरुष र ३ महिला गरी थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा पीसीआर ९५३३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,४०३ जना रहेका छन् । आइसोलेसनमा १७,६११ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप १००५ जना डिस्चार्ज भएका छन् । यासँगै डिस्चार्ज हुनेको संख्या ४७,२३८ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १९६ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *