काठमाडौं । नेपाली कांग्रेसले नेकपाको सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको भएको बताएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
