बजारमा जताजतै अखाद्य बस्तुको विक्री वितरण

Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित खाद्य पदार्थ तथा वस्तुको बजार अनुगमन गरेको छ । महानगरको अनुगमन समितिले बिहीबार काठमाडौंको मैतिदेवी क्षेत्रमा खाद्य तथा किराना पसल, मासु तथा माछा पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा त्यस क्षेत्रका पसलहरुमा अव्यवस्थित रुपमा मासु पसल संचालन गरिएको पाइएको अनुगमनमा खटिएका महानगरको पशु विकास अधिकृत डम्बर बमले जानकारी दिए ।

उनले खाद्यन्नहरुको अनुगमनको क्रममा व्यापारीहरुले दर्ता विना संचालन भएको, खाद्य सामग्री नापतौल गर्ने यन्त्र तथा ढक, तराजुहरु सरकारले तोकेको गुणस्तर र नियम अनुसार नभएको पाइएको बताए । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका, अखाद्य वस्तु तथा लेवलिङ नभएका खाद्यवस्तु र मासुजन्य खाद्यवस्तुहरु जफत गरी नष्ट गरिने पनि बमले बताए ।

चाडपर्व शुरु भएसँगै बजारमा महंगी, कालोबजारी बढ्न सक्ने भन्दै महानगरले काठमाडौंको विभिन्न क्षेत्रमा अनुगमन शुरु गरेको महानगरले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओत्सेतुङको बहुमूल्य पाण्डुलिपि हङ्कङमा दुई टुक्रा पारेको अवस्थामा फेला

२०७७ आश्विन २२, बिहीबार ०७:५७
Spread the loveगत महिना हङ्कङमा चोरी भएको चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङको पाण्डुलिपि दुई टुक्रा पारेको अवस्थामा फेला परेको छ । चोरहरूले एक कला सङ्कलकको घरबाट उक्त बहुमूल्य सामग्री चोरेका थिए । त्यसपछि उनीहरूले त्यसलाई निकै सस्तो मूल्यमा बेचिदिए। परम्परागत कलिग्रफी अर्थात् चिनियाँ कलात्मक हस्तलिपियुक्त उक्त पाण्डुलिपि २.८ मिटर लामो […]