काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई बुँदै सहमति भएको छ । बुधबार दुई चरणमा भएको छलफलमा दुई अध्यक्षबीच यस्तो सहमति भएको हो ।
सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाईएको पत्र फिर्ता लिने सहमति भएको प्रचण्डको सचिवालयले जनाएको छ । यी दुई सहमति बाहेक अरु कुनैपनि सहमति नभएको सचिवालयले जनाएको छ । यसअघि स्थायी कमिटी बैठकमा पेश भएको प्रचण्डको प्रस्ताव फिर्ता लिने सहमतिको भएको समाचार बाहिर आएको थियो ।