प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो

Spread the love

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिएको छ । सोमबार बिहान ११ बजेको नेपाल एयरलाइन्सको उडानबाट दाहाललाई मुम्बई लगिएको हो ।

सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । दाहाललाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

२०७७ पुष २०, सोमबार ०६:००
Spread the lovemoreकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउन्ड गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट झापाको भद्रपुर जान लागेका बद्रीहाङ राईलाई ५० थान गोलीसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार विमानस्थलमा जाँचका क्रममा राईको ज्याकेटको खल्तीमा ५० राउन्ड गोली फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको […]