अदालतले संसद पुनःस्थापना गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछः थापा

Spread the love

भक्तपुर । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएका छन् । प्रतिनिधिसभा विघटनकाविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए ।

संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँकतै नलेखेको भन्दै थापाले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताए ।

संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाईने बताए ।

सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले बताए । उनले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने बताए । थापाले अदालतले संसद पुनःस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९३ लाख नाघ्यो

२०७७ पुष २४, शुक्रबार १६:२८
Spread the lovemoreविश्वमा ६ करोड ४० लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४० लाख ८ हजार नाघेको छ । कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा ८ लाख […]

समाचार छुट्याे की?