संविधानमै नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको चार पूर्वप्रधानन्यायाधीशको भनाई

Spread the love

काठमाडौं । सर्वोच्च अदालतका चार जना पूर्वप्रधानन्यायाधीशले संविधानमै नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्तरुपमा विज्ञप्ति जारी गरी संविधानमै नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको बताएका हुन् ।

’नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको छ ’ विज्ञप्तिमा भनिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अदालतले संसद पुनःस्थापना गरी राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछः थापा

२०७७ पुष २४, शुक्रबार १२:५६
Spread the lovemoreभक्तपुर । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताएका छन् । प्रतिनिधिसभा विघटनकाविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले […]