विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९३ लाख नाघ्यो

Spread the love

विश्वमा ६ करोड ४० लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४० लाख ८ हजार नाघेको छ । कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ लाख २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८ करोड ९३ लाख ५५ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म विश्वमा १९ लाख २२ हजार ५२ संक्रमितको मृत्यु भएको छ ।

कुल संक्रमितको २६.२१ प्रतिशत संक्रमित अर्थात २ करोड ३४ लाख २५ हजार ८४९ सक्रिय संक्रिमतको रहेको छ । जसमध्ये १ लाख ८ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी असर परेका अमेरिकामा २ करोड ४५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। ३ लाख ७८ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । यसैगरी भारतमा संक्रमितको संख्या १ करोड ४ लाख ३२ हजार ५२६ पुगेको छ । १ लाख ५० हजारबढीको मृत्यु भएको छ ।

पछिल्लो समय धेरै जसो मुलुकमा तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएकाले फ्रान्स, अमेरिका, भारत,जापान लगाएत देशमा पुन प्रतिबन्धहरु शुरु गरिएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एकता राष्ट्रिय अभियानमा जुट्न वामदेव गौतमको अपील

२०७७ पुष २५, शनिबार ०४:१०
Spread the loveकाठमाडौं । प्रतिनिधिसभा विघटनपछि पार्टी विभाजित भइरहेको बेला नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान संचालन गर्ने भएका छन् । शनिबार गौतमले एकता अभियानमा सहभागी हुन नेता कार्यकर्तालाई अपील गरेका हुन् । अपीलमा भनिएको छ, ‘नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस ! तपाईहरु जुन ठाउँमा हुनुहुन्छ […]