पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

Spread the love

काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा पर्न सकेनन् ।

सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई आबद्ध गर्न कुनै पनि टोलीले इच्छा देखाएनन् । नेपालबाट पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख पिएसएलको ड्राफ्टमा परेनन् । ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए ।

नेपाली खेलाडी अलग–अलग समूहमा ड्राफ्टमा परेका थिए । लामिछाने सबैभन्दा महँगो प्लेटिनम श्रेणीमा तथा अन्य नौ खेलाडी सिल्भर श्रेणीमा ड्राफ्टमा परेका थिए । गत वर्षको पिएसएलमा पनि नेपालका आठ खेलाडी ड्राफ्टमा परेका थिए । अन्तिम समयमा कोही पनि नेपाली खेलाडी पिएसएलका लागि छनोट हुन सकेनन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१६ हजार खोप केन्द्रमार्फत कोभिडविरुद्धको खोप अभियान संचालन गरिने

२०७७ पुष २७, सोमबार १०:३४
Spread the lovemoreकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिडविरुद्धको खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप आयात भएको ७ दिन भित्र १६ हजार खोप केन्द्रमार्फत खोप लगाउन सुरु गरिने बताएका […]