विभिन्न कार्यक्रम गरी मनाइयो पृथ्वी जयन्ती

Spread the love

काठमाडौं । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको छ । शालिकमा बाजागाजासहित माल्यार्पण गर्न पुगेकाहरुलाई प्रहरीले रोकेपछि केही बेर तनावसमेत भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ४८८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

२०७७ पुष २७, सोमबार १०:१३
Spread the lovemoreकाठमाडौं । नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६५२६८ पुगेको छ । त्यसैगरी सोमबार थप ५२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा […]