नागढुङ्गा–नौबिसे सुरुङमार्ग (फोटोफिचर)

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुङ्गा–नौबिसे सुरुङमार्गको निरिक्षण गरेका छन् । आइतबार निर्माणाधीनस्थल पुगेर प्रधानमन्त्रीले अवलोकन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाकाबारेमा जानकारी गराएका थिए ।

उनले अबको १३ महिना भित्र सुरुङ खन्ने कार्यको ब्रेक थ्रु हुने गरी काम भइरहेको जानकारी दिए । नागढुङ्गा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । तर सुरुङ खन्ने काम भने गत पुसदेखि शुरु भएको थियो । दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाई ९ दशमलव ५ मिटर रहको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

२०७७ फाल्गुन ९, आईतवार २१:३९
Spread the loveकाठमाडौं । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले साधारण शेयर (आइपिओ) बिक्रीको स्वीकृति पाएको छ । […]

समाचार छुट्याे की?