कांग्रेस र जनता समाजवादी पार्टीसँगको छलफलपछि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँछः अध्यक्ष नेपाल

Spread the love

विराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सरसल्लाह गरेर मात्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।

प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले संसद विघटनविरुद्ध आन्दोलनरत पार्टीहरु एक ठाँउमा उभिएर संयुक्त सरकार गठन गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बारे विभिन्न राजनीतिक पार्टीबीच छलफल भइरहेको जानकारी दिए । अध्यक्ष नेपालले निर्वाचन आयोगका कारण अहिले अन्यौल रहेकाले छिटो भन्दा छिटो नेकपाको विवाद टुङ्ग्याउन आयोगलाई आग्रह  गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीबाट पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन

२०७७ फाल्गुन १८, मंगलवार १४:०२
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी मंगलबार अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन गरेका छन् । बिर्तामोड निवासी दुर्गा प्रसाईँको ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण […]

समाचार छुट्याे की?