लौन नयाँ राजनीतिक सोचका साथ कोही आओस्

Spread the love

शारदाप्रसाद त्रिताल ।

के हुँदा चैं देश विकास हुने हो !
-२०४६ ताका प्रजातन्त्र आए देश विकास हुन्छ भनियो ।

-२०५२ सालतिर माओवादीहरु आए देश विकास हुन्छ भनेर युद्ध नै गरियो ।

-२०६२ ताका गणतन्त्र आए देश विकास हुन्छ भनियो ।

-२०६४ सालमा संविधानसभाबाट संविधान बनाएपछि देश बन्छ भनियो ।

-संविधानसभाको चुनाव भयो र माओवादीहरुले नै सरकार निर्माण गरे ।

-माओवादीकै नेतृत्वमा सरकार हुँदा संविधानसभाले संविधान नबनाई अवसान हुनुपर्यो ।

-२०७० मा दोस्रो संविधानभा बन्यो र सो संविधानसभाका सदस्यहरुले आंखा चिम्लिएर सहि गरिदिएपछि केही नेताहरुले तयार गरेको संविधान जारी भयो ।

-सबै अवसरमा जनताले नेताहरुको भनाइलाई स्वीकार गर्दै सधैं साथ दिंदै आए ।

-नयाँ संविधान अनुसार २०७४ सालमा नयाँ निर्वाचनहरु भई तीन तहमा नै सरकारहरु बने ।

-सबै तहका सरकारहरु झण्डै दुई तिहाइको कम्युनिष्ट पार्टीका सदस्यहरुले चलाइरहेका छन् ।

-सरकार बनेको ३ वर्ष पुग्दा नपुग्दै कम्युनिष्टहरु बीच नै लुछाचुँडी भएर सरकारहरु धरासायी बनेका छन् ।

-अव एउटै दल (अझ एउटै गुट) ले दुई तिहाइ ल्याए मात्र देश विकास हुन्छ भन्न थालिएको छ ।

-के अव पनि विगत ३० वर्षदेखि बारम्बार अवसर पाएका तर देश विकासको लागि सिन्को भाँच्न नसकेका नेता र पार्टीहरुलाई नै जनताले साथ दिनु पर्ने हो ?

-लौ न नयाँ राजनीतिक सोचका साथ कोही आओस् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने

२०७७ चैत्र १०, मंगलवार २१:५७
Spread the loveकाठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ । बैंकले […]