ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भएका छन्ः माधव नेपाल

Spread the love

विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने काम गरिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले ओलीले पार्टी फुटाउँदा विरोधीहरू खुसी भइरहेको बताएका हुन् ।

ओलीले विधानविपरीत काम गर्दै आएको उल्लेख गर्दै नेता नेपालले उनलाई साथ दिनेहरू दास भएको दाबी गरे । उनले अरु सबैको पद समाप्त हुने र ओलीको पद कायम रहनै नसक्ने बताए ।

गलत प्रवृत्तिको ओली प्रवृत्तिबाट देशले मुक्ति पाओस् भन्ने चाहनाले पार्टीका नेता तथा कार्यकर्तामा आशा जगाउन एकताबद्ध अभियानमा अघि बढेको उनले बताए । उनले भने, ‘ओलीजीले पूरै अवैधानिक कदम चालेर पार्टी विधानविपरीत काम गर्नु भएको छ । विधानविपरीत काम गर्नेलाई साथ दिने दास हुन्, हामी दास होइनौं, ओलीजीको मुख हेरेर होइन माक्र्सवाद र लेनिनवादबाट प्रेरित भएर आन्दोलनमा अगाडि बढेका हौं ।’

उनले ओली अहिले पार्टीभित्र अल्पमतमा परेकाले अन्य केही उपाय छ कि भन्ने खोजीमा आफूहरु लागेको उनले बताए । उनले भने,‘केशरजंग रायमाझीले कम्युनिस्ट पार्टीलाई दरबारमा बुझाइदिएका थिए अब ओलीले दलाल पूँजीवादी वा भ्रष्टाचारी वा स्वदेशी विदेशी प्रतिक्रियावादीहरुलाई बुझाउने हो कि आउने दिनमा त्यो प्रस्ट हुन्छ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पदमुक्त भएका चार मन्त्रीको आज पाँच बजे शपथ

२०७७ चैत्र २७, शुक्रबार १३:३१
Spread the loveकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएका चार मन्त्रीको पुनर्नियुक्ति गरेका छन् । पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि लिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ ५ बजे […]

समाचार छुट्याे की?