नागस्थानमा ट्राफिक लाइट जडान

Spread the love

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकसँग समन्वय गरि धरहरा नजिकैको सडक नागस्थानमा नयाँ ट्राफिक लाइट जडान गरी शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।

नयाँ जडान गरिएको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइदै आएको भट्टराईले बताए । प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आमसडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुने एसएसपी भट्टराईले बताए ।

उनले भने, ‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत छौ, यसको लागि सरकारी निकायका साथै बैंक बित्तिय संघसंस्थाहरु सँग समन्वय एव सहकार्यलाई निरन्तरता दिदै बिभिन्न चोकहरुमा एक पछि अर्को ट्राफिक लाईट जडान भैरहेका छन् । त्यसैको परिणाम स्वरुप राष्ट्रिय बाणिज्य बैंकको सहयोगमा आजदेखि नागस्थानमा लाईट जडान संचालनमा ल्याउन सफल भएको छ ।’

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु भैरहेको बताए ।

आजदेखि संचालनमा आएको ट्राफिक लाईट समेत गरि उपत्यकाका मुख्य मुख्य ३२ वटा चोकहरुमा ट्राफिक लाइटबाट ट्राफिक व्यवस्थापन हुनेछ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागि आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मञ्चमै झगडा गरेकी मिसेस वर्ल्ड श्रीलंका पक्राउ

२०७७ चैत्र २७, शुक्रबार ११:३०
Spread the loveमञ्चमै विजेता अयोग्य भन्दै उपाधि खोसेर अर्की प्रतिस्पर्धीलाई लगाइदिएकी पूर्व मिसेस् श्रीलङ्का क्यारलाइन जुरीलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतवार टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमा पुष्पिका डिसिल्भाले मिसेस श्रीलङ्काको उपाधि जितेकी थिइन् र जुरीले उनलाई ताज लगाइदिनुपर्ने थियो । तर ताज लगाइदिएको केही समयमै जुरीले सम्बन्धविच्छेद भइसकेकाले […]