थप ३३७ जनामा कोरोना संक्रमण, १५१ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९७२५ पुगेको छ ।

त्यस्तै शनिबार थप १५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७३८८६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३९ पुगेको छ । क्वारेन्टाइनमा ८४ जना छन् भने आइसोलेसनमा २८०० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार महासंघमा विपुल पोखरेल नेतृत्वको प्यानल विजयी

२०७७ चैत्र २८, शनिबार १६:२३
Spread the loveकाठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले प्यानलसहित विजयी भएका छन् । पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छिन् । महासंघको निर्वाचनमा कांग्रेस, […]