फ्रेन्च लिग वानमा पीएसजीको सहज जित 

Spread the love

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टारवर्गमाथि ४–१ गोलको जित निकालेको हो ।

स्टारवर्गको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे, पाब्लो सराविया, मोइस केन र लेनड्रो पेरेडेसले एक–एक गोल गरे ।

उता टारवर्गका लागि डिनो माइसले एक गोल फर्काए । जितसँगै पीएसजीले ३२ खेलबाट ६६ अंक जोडेको छ । पीएसजी अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको लिलेको ६९ अंक छ ।

पराजित स्टारवर्गको ३६ अंक छ । पीएसजीका लागि खेलको १६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा सरावियाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा केनले गोल गर्दै पीएसजीको अग्रता ३–० मा ल्याए । उता स्टारवर्गका लागि खेलको ६३ औं मिनेटमा मोइसले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए ।

७९ औं मिनेटमा लेनाड्रोले गोल गर्दै टिमलाई ४–१ गोलको जित दिलाए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपक्षी दल मिलेर ओली सरकार हटाउन लागे हामी रोक्दैनौंः माधव नेपाल

२०७७ चैत्र २९, आईतवार ०९:३७
Spread the loveवीरगंज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसदमा आफूहरु अल्पमतमा रहेकाले केपी ओली सरकारको विकल्प खोज्न नसकेको बताएका छन् । आइतबार प्रेस संगठन पर्साले वीरगंजमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले सबै विपक्षी दल मिलेर ओली नेतृत्वको सरकार हटाउन लागे आफूहरुले नरोक्ने बताएका हुन् । उनले आफूहरुको […]