सरकारलाई शिक्षण संस्था बन्द नगर्न सरोकारवालाको सुझाव

Spread the love

काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै शिक्षण संस्था तत्काल बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । सोमबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन् ।

साथै उनीहरुले विद्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना भए–नभएकोबारेस्थानीय तहबाट अनुगमन गर्नुपर्ने, शिक्षक तथा विद्यार्थीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर शैक्षिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन् ।

छलफलमा सहभागी एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले स्वास्थ्य मापदण्डहरु अपनाएर विद्यालयहरु संचालन गर्नुपर्ने बताए । नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय गर्न नहुने बताए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा शिक्षण संस्था कसरी सञ्चालन गर्ने भन्नेबारे सरोकारवालाहरुसँग छलफल गरिएको जानकारी दिए ।

उनले मन्त्रालयले सरोकारवालाहरुसँगको छलफलबाट निस्किएको निष्कर्षलाई सिसीएमसी हुँदै मन्त्रिपरिषदमा आवश्यक प्रस्ताव लैजाने बताए । सीसीएमसीले भने काठमाडौं लगायतका ठूला शहरी क्षेत्रमा कम्तिमा तीन साता शिक्षण संस्था बन्द गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा तीन जना कोरोना संक्रमितको मृत्यु

२०७७ चैत्र ३०, सोमबार ११:३५
Spread the loveकाठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया महिला र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् । […]