प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएको बताइएको छ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, कोरोना संक्रमण महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोकुल बास्कोटालाई लेखा समिति सदस्य बनाएकोमा ट्रान्सपरेन्सीको आपत्ति

२०७८ बैशाख ३, शुक्रबार १५:०६
Spread the loveकाठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई संसदको सार्वजनिक लेखा समितिको सदस्य तोकिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । ट्रान्सपरेन्सीले शुक्रबार विज्ञप्ति जारी गरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको ‘अडियो […]