काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २३ गतेपछि एकलौटी रुपमा गरेको निर्णय खारेजीको माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे आयोग पुगेर ओलीको निर्णय खारेजीको माग गर्दै पत्र बुझाएका हुन् ।
पत्रमा ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेज योग्य भएको उल्लेख छ । पार्टी अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै नेपाल पक्ष यसअघि पनि आयोगमा गएको थियो । तर आयोगले यसबारे कुनै निर्णय नगरेपछि नेपाल पक्ष फेरि आयोग गएको हो ।







