आफ्नै आदेशको उल्लंघन गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम(फोटोफिचर)

Spread the love

काठमाडौं । चितवनको अयोध्यापुरीमा ल्याएर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विधिवत् रूपमा पूजा गरि पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरु चितवन पठाइएको हो ।

प्रधानमन्त्री निवासमा रथयात्रालाई विदाई गर्दा नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको उपस्थिति थियो । राम, लक्ष्मण, सीता र हनुमानका प्रतिमा अलग अलग रथमा राखेर चितवन पठाइएको छ ।

प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमा सहितको रथयात्रालाई विदाई गरेको बताइएको छ । मूर्तिहरु लिएर गएको रथ आज चितवनको देवघाटमा रहनेछ । भोलि बिहान माडीको अयोध्यापुरी लगिनेछ । अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्राणप्रतिष्ठा गरेर मूर्तिहरु राख्ने कार्यक्रम रहेको छ ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै सोमबार सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी जम्मा हुन नपाइने भन्दै आदेश जारी गरेपनि बालुवाटारमा आयोजित कार्यक्रममा भने सयौंको उपस्थिति रहेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

२०७८ बैशाख ७, मंगलवार ११:००
Spread the loveकाठमाडौं । त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । […]