यादवलाई कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवलाई दिएको छ । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले समिति संयोजक नियुक्ति गर्ने निर्णय गरेको छ । यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए ।

गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अधिकारीले राजीनामा बुझाएका थिए । सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

२०७८ बैशाख ८, बुधबार १३:४५
Spread the loveकाठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको हो । \संवैधानिक इजलासमा राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । […]

समाचार छुट्याे की?