काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ बुझाएका छन् । बिहीबार पाण्डेले पार्टी अध्यक्ष ओलीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।
जवाफमा पाण्डेले ओलीकै कदम असंवैधानिक भएको बताएका छन् । पाण्डेले आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका छन् ।



