भारतमा कोभिड सेन्टरमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

Spread the love

भारतको महाराष्ट्रको पालघर जिल्लास्थित एक कोभिड सेन्टरमा आगो लाग्दा १३ जना बिरामीको मृत्यु भएको छ । बसाई भिरार म्युनिसिपाल लिमिटेडले यसबारेमा पुष्टि गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

शुक्रवार बिहान ३ बजेतिर आगो लाग्दा उक्त घटना भएको बताइएको छ। घटनापछि उक्त सेन्टरमा रहेका बिरामीलाई नजिकैको अस्पतालमा लगिएको छ। यसअघि भारतको महाराष्ट्रमा अक्सिजन ट्याकं लिक हुँदा २४ जना कोभिड १९ संक्रमितको मृत्यु भएको थियो। अक्सिजन लिक भएर बिरामीहरुले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको थियो।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माधव नेपाल पक्षका नेतालाई हटाएर ओलीद्वारा स्थायी कमिटी गठन

२०७८ बैशाख १०, शुक्रबार ०८:०३
Spread the loveकाठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन् । बालुवाटारमा जारी दशौं महाधिवशेन आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो । माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् । […]