ट्रम्पले सुरु गरे आफ्नो छुट्टै सञ्चार प्लाटफर्म

Spread the love

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छुट्टै सञ्चार वेबसाइट सुरु गरेका छन् । फेसबुक, ट्विटर र युट्युबले निषेधात्मक कारबाही गरेपछि ट्रम्पले आफ्नो छुट्टै वेबसाइट सुरु गरेका बीबीसीले जनाएको छ ।

गत जनवरीमा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा दोषी ठहर गर्दै ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले उनको खाता अस्थायी रुपमा बन्द गरिदिएको थियो ।

जनवरी ६ मा भएको उक्त घटनामा पाँचजनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । ट्रम्पले आफ्नो कार्यकाल सकिनै लाग्दा आफ्ना समर्थकलाई उत्तेजित गर्ने खालका अभिव्यक्ति दिएर हिंसा भड्काएको आरोप लागेको थियो ।

ट्रम्पका वरिष्ठ सल्लाहकार जेसन मिलरले ट्रम्पको आफ्नै नयाँ सामाजिक सञ्जाल विकास गरिने बताउँदै आएका थिए । तर, मंगलबार उनले ट्विट गर्दै लन्च गरिएको वेबसाइट सामाजिक सञ्जाल नभएको बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादीले संसद सचिवालयमा बुझायो सरकारलाई दिएको समर्थन फिर्ताको पत्र

२०७८ बैशाख २२, बुधबार ११:०५
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले बुधबार बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका छन् । यसअघि मंगलबार […]