बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

Spread the love

नेपालगंज । बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई जना कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका ६० वर्षीय पुरुषको गए राति ११.४५ बजे मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका २७ वर्षीय पुरुषको आज बिहान ४ः४० बजे मृत्यु भएको हो ।

बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्थामा सुधार नआई उहाँहरुको अस्पतालमै मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद अधिवेशन आव्हान गर्नुपर्ने बेलामा अध्यादेश जारी संविधानको मर्म विपरित : भीम रावल

२०७८ बैशाख २२, बुधबार १०:०६
Spread the loveकाठमाडौं । संसद अधिवेशन आह्वान गर्नुपर्ने बेलामा राष्ट्रपतिबाट अध्यादेश जारी गरिएको भन्दै सर्वत्र विरोध भएको छ । विपक्षी कांग्रेस र नेकपा माओवादी केन्द्रले अध्यादेश जारी गरेकोमा आपत्ति जनाइसकेका छन् । तर सत्तारुढ दल नेकपा एमाले भित्रै पनि त्यसको विरोध भएको छ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले […]