संसद अधिवेशन आव्हान गर्नुपर्ने बेलामा अध्यादेश जारी संविधानको मर्म विपरित : भीम रावल

Spread the love

काठमाडौं । संसद अधिवेशन आह्वान गर्नुपर्ने बेलामा राष्ट्रपतिबाट अध्यादेश जारी गरिएको भन्दै सर्वत्र विरोध भएको छ । विपक्षी कांग्रेस र नेकपा माओवादी केन्द्रले अध्यादेश जारी गरेकोमा आपत्ति जनाइसकेका छन् । तर सत्तारुढ दल नेकपा एमाले भित्रै पनि त्यसको विरोध भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पनि संसद अधिवेशन बोलाउने बेलामा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले अध्यादेश जारी संविधानको मर्म र लोकतन्त्रको उपहास भएको बताएका छन् ।

उनले सामाजिक संजालमार्फत लेखेका छन्, ‘संसदको अधिवेशन अनिवार्य रूपमा आव्हान गर्नुपर्ने बेलामा अध्यादेश जारी ! संविधानको मर्म र लोकतन्त्रको उपहास !’


राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न सात वटा अध्यादेश जारी गरेकी थिइन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रम्पले सुरु गरे आफ्नो छुट्टै सञ्चार प्लाटफर्म

२०७८ बैशाख २२, बुधबार १०:५४
Spread the loveअमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छुट्टै सञ्चार वेबसाइट सुरु गरेका छन् । फेसबुक, ट्विटर र युट्युबले निषेधात्मक कारबाही गरेपछि ट्रम्पले आफ्नो छुट्टै वेबसाइट सुरु गरेका बीबीसीले जनाएको छ । गत जनवरीमा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा दोषी ठहर गर्दै ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले […]

समाचार छुट्याे की?