
काठमाडौँ । प्रतिनिधिसभाको विशेष अधिवेशन अघि सांसदहरूको पीसीआर परीक्षण गर्न थालिएको छ । बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने सांसद, कर्मचारी र पत्रकारहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरेको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार सभामुख अग्नि सापकोटा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायतका सांसद तथा कर्मचारीले स्वाब परीक्षणका लागि नमुना दिएका छन् । परीक्षणका लागि बिहीबार पनि स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को गत आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।