केशवप्रसाद भट्टराई ।
महामारी, भूकम्प,बाढी, आँधी–सुनामी कुन स्तरको आउँछ कसलाई थाहा ?
जतिसुकै सक्षम र इमान्दार सरकार भए पनि उसले कुन स्तरको पूर्व तयारीगर्ने ?
कति तयारी गर्ने ?
अमेरिका, बेलायत, इटाली, ब्राजिल, भारत, नेपाल सवैतिर समस्या र चुनौती यस्तै रहेछन् ।
त्यस्तो महामारी र प्राकृतिक प्रकोप आइसकेपछि त्यसलाई सामना गर्ने सवालमा सरकारको क्षमतामा प्रभावकारिता नदेखिन पनि सक्छ ।
सरकार असफल हुन सक्छ ।
त्यसलाई क्षमा गर्न सकिन्छ ।
तर महामारी र प्राकृतिक प्रकोपलाई सामना गर्ने सवालमा सरकार इमान्दार देखिएन, बेइमान देखियो भने त्यो अपराध हो ।
त्यो अपराध दण्डनीय हुन्छ र मुलुकको न्यायपालिका र अन्य संवैधानिक निकाय र राज्य संरचनाले यहाँ राष्ट्र र जनतालाई न्याय दिनुपर्दछ !
सरकारले मातहतका मन्त्रालय, सरकारी निकाय वा अन्य सरोकारवाला निकायलाई पनि त्यही आधारमा र दण्ड दिनु पर्दछ !