भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । भारतमा कुल संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । भारतमा दैनिक रुपमा संक्रमणको दर र मृत्युदर समेत बढिरहेको छ । पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको छ । भारतमा कुल मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।
संक्रमितमध्ये १ करोड ७९ लाख १७ हजार ८५ जना निको भइसकेका छन् । ३७ लाख ३१ हजार २६१ सक्रिय संक्रमित रहेका छन् । हालसम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ रहेको छ ।