‘अझै पनि धारा ७६(५)बमोजिम सरकार बनाउन सकिन्छ, सोचौं!’

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले भेट गरेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत भट्टराईले आफूले महाविपत्ति उन्मुख देशलाई निकास दिन व्यक्ति नभई प्रधानमन्त्री ओलीसँग भेट गरेको बताएका हुन् । भट्टराईले उहाँले नमानेपछि यसबारे अरुलाई भनेको बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ । सोचौं!’
केही दिनअघि भट्टराईले महाविपत्तिसँग राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लेस्टरलाई पहिलो पटक एफए कपको उपाधि

२०७८ जेष्ठ २, आईतवार ०८:३८
Spread the loveलेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो । लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल […]

समाचार छुट्याे की?