वरिष्ठ साहित्यकार सुवेदीको निधन

Spread the love

काठमाडौं । वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने त्यसअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

विसं २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्योः उपाध्यक्ष गौतम

२०७८ जेष्ठ ३, सोमबार १०:२६
Spread the loveकाठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मदन भण्डारी र जीवराज आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बताएका छन् । सोमबार २८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा उपाध्यक्ष गौतमले मदन–आश्रितले देखाएको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त भई सहकार्यको दिशामा अग्रसर हुनु भएपनि […]