कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी अध्यादेश ल्याइनु आपत्तिजनकः भीम रावल

Spread the love

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक भएको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत रावलले सत्ता स्वार्थ र कुर्सी मोहका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार कामचलाउ भएको अवस्थामा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले यो राष्ट्रिय हितप्रति वेवास्ता गर्ने र सत्ता स्वार्थको लागि जस्तोसुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाती प्रवृत्तिकै द्योतक भएको बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।

यस्तो छ रावलको भनाई

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

२०७८ जेष्ठ ९, आईतवार २२:४४
Spread the loveवाग्मती । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएका एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । बोर्डले नेतृ अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग […]

समाचार छुट्याे की?