इजरायलमा १२–१६ वर्ष उमेरका बालबालिकालाई कोभिडबिरूद्ध खोप दिन सुरू

Spread the love

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको छ । सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो । इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो ।

पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो । त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो । इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीको वक्तव्य झुठ र भ्रमको पुलिन्दा होः जगन्नाथ खतिवडा

२०७८ जेष्ठ २४, सोमबार ०९:३३
Spread the love जगन्नाथ खतिवडा । आजको केपी ओलीको पार्टी एकताबारेको वक्तव्य भ्रामक छ । तत्कालीन एमालेको २०३ जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिएर माओवादी समेत समावेश गरेर २६४ बनाएका छन् । उनले जेठ २ को पूर्व अवस्थामा जानुपर्नेमा सुनियोजित रुपमा जेष्ठ ३ को पूर्व अवस्थामा लेखेर जाल गरेका छन् । […]