काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६३२३२६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४९१४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८९७५ पुगेको छ । क्वारेन्टाइनमा ३६१ जना छन् भने आइसोलेसनमा ४२०२४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।