कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु, ३००७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप १३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा २९२, ललितपुरमा एक सय र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३००७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९००९ पुगेको मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने

२०७८ असार १३, आईतवार १७:०७
Spread the loveकाठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अतिविपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ […]