गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तारमा किचलो, दुई मन्त्रीले अझै पाएनन् जिम्मेवारी

Spread the love

गण्डकी । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । विनाविभागीय रहेका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङलाई जिम्मेवारी दिइएको छैन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संवैधानिक इजलासमा रिट निवेदकतर्फको बहस सकियो

२०७८ असार १३, आईतवार १५:५५
Spread the loveकाठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले रिट निवेदकलाई दिएको १२ घण्टाको समय सकिएको बताए । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी […]

समाचार छुट्याे की?