संवैधानिक इजलासमा रिट निवेदकतर्फको बहस सकियो

Spread the love

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दिएका १ सय ४६ सांसदका तर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले रिट निवेदकलाई दिएको १२ घण्टाको समय सकिएको बताए । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिएका छन् ।

त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु, ३००७ जना संक्रमणमुक्त

२०७८ असार १३, आईतवार १६:४६
Spread the loveकाठमाडौं । नेपालमा थप १३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंमा २९२, ललितपुरमा एक सय र भक्तपुरमा ३२ […]