इथियोपियाको क्षेत्रीय राजधानी विद्रोहीको नियन्त्रणमा

Spread the love

इथियोपियाको संघीय फौजविरुद्धको आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही फौजले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको बताएका छन् । इथियोपियाको फौजले गत नोभेम्बरमा राजधानी आफ्नो नियन्त्रणमा लिएको थियो ।

मिकेलीस्थित प्रत्यक्षदर्शीहरूले उत्सव मनाउन सडकमा मानिसहरू नाचिरहेको बताएका छन् । इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको छैन बरु युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ ।

टिग्रेमा गत साता नयाँ आक्रामक हमलाहरू सुरु गरेका त्यहाँका लडाकुहरूले मिकेलीको अन्तरिम प्रशासनलाई बाहिर निकालेको भन्ने खबर सोमबार आउन थालेका थिए ।

टिग्रे क्षेत्रमा त्यहाँको नेतृत्वलाई बाहिर निकाल्नका लागि प्रधानमन्त्री अबी अहमदले आठ महिनाअघि सरकारी फौज पठाएका थिए । टिग्रे पीपल्स लिबरेसन फ्रन्टका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई मिकेली आफ्नो नियन्त्रणमा आएको बताएका हुन् ।

मिकेलीमा रहेका केही मानिसहरूले बीबीसीलाई पनि संघीय फौजको प्रस्थानपछि त्यहाँ उत्सब मनाइएको बताएका छन् । अन्तरिम सरकारका एक नाम नखुलाइएका स्रोतले समाचार संस्था एएफपीलाई त्यहाँबाट सबैले छोडेको बताएका छन् ।
तर दुई जना प्रत्यक्षदर्शीले भने टिग्रेका सेनाहरू मिकेलीमा देखिएको रोयटर्स समाचार संस्थालाई बताएका छन्।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस नेताहरुबीच महाधिवेशन केन्द्रित छलफललाई तीव्रता

२०७८ असार १५, मंगलवार १०:३७
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसका नेताहरूले भेटघाटलाई तीव्र बनाएका छन् । यसैक्रममा मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालाको ‘लञ्ज मिटिङ’ भएको छ । कांग्रेसभित्र नयाँ धार निर्माणका लागि प्रयास गरिरहेका उनीहरूबीच महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ […]