एमालेको १० औं महाधिवेशन आयोजक कमिटी खारेज, बादलसहित आठ नेता स्थायी कमिटीमा मनोनित

Spread the love

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकले यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकले स्थायी कमिटीमा पूर्वमाओवादीका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमझी, मणि थापा र एमालेकै रघुविर महसेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको छ ।

आयोजक कमिटीको निर्णयसँगै केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको छ । गत चैतमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षको अनुपस्थितिमा आयोजक कमिटी गठन गरेका थिए ।

सर्वोच्च अदालतले आयोजक कमिटीले दिर्घकालिन निर्णय गर्न नसक्ने आदेश दिएपछि केन्द्रीय कमिटी व्यूँताउने दबाब ओलीलाई परेको थियो । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए । त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको छ । वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपतिलाई मुद्दा नलाग्ने वरिष्ठ अधिवक्ता पन्तको तर्क

२०७८ असार १६, बुधबार १४:४१
Spread the loveकाठमाडौँ । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकार भएको तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्दै पन्तले संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्ने विशेष अधिकार राष्ट्रपतिमा रहेको तर्क गरेका हुन् । उनले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री […]

समाचार छुट्याे की?