जनतामा पैदा भएको निराशाका कारण पूर्वराजाले यसवर्ष जन्मोत्सवलाई उत्सवकारुपमा नमनाउने

Spread the love

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष पनि जन्मोत्सव नमनाउने भएका छन् । कोरोना भाइरस महामारी, प्राकृतिक विपद् र देशको राजनीतिक अस्थिरताका कारण आम मानिसमा व्याप्त निराशा र पीडामा रहेका भन्दै असार २३ गते पर्ने जन्मदिन उत्सवका रुपमा नमनाउने घोषणा गरेका हुन् ।

पूर्व राजाले देशको राजनीतिक अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। भनेका छन्,‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ।’

उनले परिवर्तन र अग्रगमनका चर्का नाराहरूका बावजुद जनताले सुख तथा सुविधा भोग्न नपाएको बुझाइ व्यक्त गरेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरस्वती प्रधानले दिइन् रुपा सुनारविरुद्ध मानव अधिकार आयोगमा उजुरी

२०७८ असार १६, बुधबार १७:४२
Spread the loveकाठमाडौं । जातिय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेपनि षड्यन्त्रमुलक तरीकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेकी छन् । बुधबार आयोगमा उजुरी दर्ता गरी प्रधानले रुपा सुनार माथि आफूले कुनै प्रकारको जातजाति सम्बन्धी […]