जानुकाको तीज गीत ‘मरिन्छ कि साइलो’(भिडियोसहित)

Spread the love

जानुका तामाङको तीज गीत ‘मरिन्छ कि साइलो’ बजारमा आएको छ । कोरोना भाइरसले निम्त्याएको सङ्कटले दुःखी गरीबलाई चुलो बाल्नसमेत समस्या परेको विषयमा आधारित रहेर गीत तयार पारिएको छ । गीतमा खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्री, राधिका हमाल र खुमन अधिकारीको स्वर रहेको छ ।

शब्द सिर्जना नेत्र आर्यालले गरेका छन् भने सङ्गीत सेन्चुरीको रहेको छ । गीतको म्युजिक एरेञ्ज विनोद बाजुरालीले गरेका छन् भने भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । भिडियोमा सबै गायकगायिकाले अभिनय गरेका छन् । सेन्चुरीले सङ्गीत गरेका गीतले पछिल्लो समय निकै चर्चा पाउन थालेका छन् ।

गत वर्ष उनकै स्वर तथा सङ्गीत, अर्यालको शब्दमा बजारमा आएको शम्भु कुँवरको तीज गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ ले युट्युबमा एक करोड ३३ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेको गीत ‘झ्यालमा पर्दा पर्दा छ’ ले एक करोड ६५ लाख धेरै भिउज पाएको छ । उनले सङ्गीत रहेको अर्को गीत ‘चिया छानेको’ले एक करोड ७६ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेका सबैजसो गीत चर्चामा छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्ता छन् चार वटा मन्त्रिपरिषद बैठकका ३३ निर्णय

२०७८ असार १६, बुधबार १९:१७
Spread the loveकाठमाडौं । विभिन्न मितिमा बसेका मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ। बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले जेठ ३१, असार ७, १० र १४ गतेको मन्त्रिपरिषद बैठकका ३३ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले आर्थिक वर्ष २०७६/७७ र ०७७/७८ गरी लगातार दुई वर्षसम्म वार्षिक रुपमा […]