ट्युनिसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु

Spread the love

अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिसियाको जार्जीस नजिक डुबेको हो । १ सय २७ जना आप्रावासी चढेका उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको बुझिएको छ ।

इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुघंटनाग्रस्त डुंगामा क्षमता भन्दा बढी यात्रु सवार रहेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद विघटनसम्बन्धी मुद्दामा आज सभामुखकातर्फबाट बहस हुँदै

२०७८ असार २०, आईतवार ०८:५९
Spread the loveकाठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीले बहस गर्दैछन् । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् । उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ। सभामुखका तर्फबाट बहस सकेर आजै […]