राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

Spread the love

काठमाडौँ –  सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपबिजेता बनेको नेपाली फुटबल टीमका खेलाडीलाई जनही पाँच लाख रुपैया प्रोत्साहन स्वरुप दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै प्रशिक्षकहरूलाई पनि जनही ३ लाख दिने निर्णय भएको उनले बताए । बैठकले मोहम्मद जयन्तीका अवसरमा कार्तिक २ गते मुस्लीम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । अबुधावी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ भने विभिन्न मन्त्रालयमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । त्यस्तै बैठकले आर्थिक कार्यविधि एवं वित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब काठमाडौँमा गाडी चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा

२०७८ कार्तिक १, सोमबार १९:१७
Spread the loveकाठमाडौँ – बागमती प्रदेशभित्र सार्वजनिक सवारीको भाडादर बढेको छ । प्रदेश सरकारले बढाएको भाडा दर आजदेखि लागू भएको हो । बढेको भाडा दर लागू भएसँगै अब काठमाडौँमा गाडी चढ्ने वित्तिकै यात्रुले १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार पाँच किलोमिटर […]