महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा भएको छ । राजकुमार फिलिपको शवलाई त्यहाँस्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि कार्यान्वयन गरिएका नियमका कारण राजकुमार फिलिपको अन्तिम संस्कारमा सीमित व्यक्तिहरू मात्र सहभागी भएका थिए । अन्तिम संस्कारको विधि गरिएको […]

विराटनगर । विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ)  काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले १५ लाख १५ हजार रुपैयाँ र ट्रफि उचालेको छ । खेलको पहिलो […]

बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गरेपछि एथलेटिक बिलबाओलाई शनिबार ४–० ले हराएर कोपा डेल रेको उपाधि जितेको छ । त्यसमा लियोनल मेसीले दुई गोल गरे । खेलको ६० मिनेटसम्म गोलरहित बराबरी रहेपछि बार्सिलोनाका लागि एन्टोन ग्रिजमनले पहिलो गोल गरे । लगत्तै फ्रेन्क डे जङले दोस्रो गोल थपे । त्यसपछि […]

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको […]

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । अनुशासन समितिको उपसभापतिमा पूर्वअध्यक्ष कुशकुमार जोशी छन् । त्यसैगरी समितिको सदस्यमा महासङ्घका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् । समितिको सल्लाहकारमा महासङ्घका […]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताएका छन् । अखिल नेपाल शिक्षक सङ्गठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्को शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताको एजेण्डा बोकेका कारण आफूहरूलाई जनताको साथ प्राप्त भएको […]

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ […]

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफूलाई साथ दिएका नेकपा एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा […]

सुर्खेत । संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई नेकपा एमालेले पार्टीबाट निष्कासित गरेको छ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको शनिबारको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको अध्यक्ष गोरख बोगटीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । बैठकले ‘फ्लोर […]

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । शनिबार बसेको सीसीएमसीको बैठकले कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले स्वास्थ्य सतर्कताका मापदण्डलाई कडाईका साथ पालना गर्ने र आवश्यक जनचेतना फैलाउने व्यवस्था मिलाउन […]