काठमाडौं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस, चितवनमा नेविसंघका विद्यार्थीहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताहरुमाथि भएको आक्रमणको निन्दा गरेका छन् । प्रमुख सचेतक खाँणले जारी गरेको विज्ञप्तिमा हतियारसहित विद्यार्थीहरुमाथि […]

भारतमा कोरोना संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै बढी २ लाख ३४ हजार ६९२ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघेको छ । त्यसैगरी गरी पछिल्लो २४ घण्टामा […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कर्णाली प्रदेशको राजनीतिले विधि नमान्नलाई सबक सिकाएको बताएका छन् । शनिबार ट्वीट गर्दै शर्माले यो एक सबक मात्र नभई राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन पनि भएको बताएका हुन् । उनले भनेका छन्, ‘कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई एक सबक मात्र […]

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अन्याय, अत्याचार र अपमान भएपछि क्रान्तिकारीहरुलाई विद्रोहको अधिकार सुरक्षित हुने बताएकी छन् । कर्णाली प्रदेशमा आफ्ना पार्टीका चार जना सांसदले फ्लोर क्रस गरेको तर्फ संकेत गर्दै शुक्रबार राति सामाजिक संजालमार्फत झाँक्रीले त्यो अत्याचारको परिणाम भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘अन्याय, अत्याचार, […]

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने कुरा कर्णाली प्रदेश सरकारमा देखिएको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीका पक्षमा नेकपा एमालेका सांसदले फ्लोर क्रस गरेको सन्दर्भमा डा. भट्टराईले यस्तो बताएका हुन् । भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं […]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । युताका आवासीय र तथा […]

नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरानका लागि छुटेको गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको टिपर आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरीका कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् । घाइतेमध्ये ७ जनाको […]

झापा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झूटको पुलिन्दा र चरम व्यक्तिवादी मानिस भएकोले उनको विश्वास गर्न नसकिने बताएका छन् । झापाको विर्तामोडमा शुक्रबार पार्टी कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूसँग असहमत हुने पार्टी नेता कार्यकर्ताको पत्तासाफ गर्ने निरकुंश र अवसरवादी चरित्र […]

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएका छन् । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए । […]

अफ्रिकी मुलुक नामिबियाले शुक्रबार कोभाक्स मार्फत उपलब्ध गराइएको कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्समार्फत पहिलो चरणमा नामिबियालाई २४ हजार डोज दिइएको छ । नामिबियाका स्वास्थ्य तथा समाजसेवा मन्त्री कालुम्बी शाङ्गुलाले अस्ट्राजेनिकाको उक्त खोप देशका विभिन्न भागमा पठाइने बताए । नामिबियामा हालसम्म तीन हजार […]