काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा […]

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न १० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । एन्फा कार्यसमितिको शुक्रबार ललितपुरस्थित एन्फा मुख्यालयमा बसेको आकस्मिक बैठकले सो सम्बन्धी विस्तृत प्रस्ताव दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा अनुरोध गर्ने निर्णय गरेको हो । त्यसमध्ये ५ करोड रुपैयाँ नेपाल […]

काठमाडौं । ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई शुक्रबार काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान […]

सुदूरपश्चिम । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको चिसापानी—सोल्टा सडकको बाँका सडक खण्डवाट शुक्रबार जिप कर्णाली नदीमा खस्दा त्यसमा सवार दुई जना नदीमा बेपत्ता भएका छन् । नम्बर नखुलेको उक्त जिपमा एकै घरमा पाँच जना सवार रहेको जनाइएको छ । जिपमा सवार रहेकामध्ये तीन बालबालिकालाई कर्णाली नदी छेउको रुख बुट्यान […]

काठमाडौं । नेपाली कांग्रेसले तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनाको बास्तविकता बाहिर ल्याउन माग गरेको छ । शुक्रबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरी भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य […]

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो । जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् । यीमध्ये एक पुस्तकलाई मदन पुरस्कार […]

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६६९३१०९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै […]

बुटवल । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीको सांसद पद गएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ । पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो । […]

काठमाडौं । काठमाडौंको ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध रुपमा मदिरा उत्पादन गर्ने कारखानामा महानगरीय अपराध महाशाखाले छापा मारी १० हजार लिटर मदिरा बरामद गरेको छ । घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा महाशाखाको टोलीले शुक्रबार छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरेको हो । चीनको जियाङ्गसु […]

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत गएका छन् । यादव पक्षलाई जसपाको आधिकारिता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको साउन ११ गतेको निर्णय बदर गर्न माग गर्दै ठाकुरले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् […]